Banijya News

चीन र भारतीय सेनाबीच भिडन्त हुँदा एक सैन्य अधिकारी र दुई सिपाहीको मृत्यु

1
1.1K Shares

२ असार, काठमाडौं । 

भारतको लद्दाख जोड्ने गलवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच झड्प हुँदा एकजना सैन्य अधिकारी र दुईजना सिपाहीको मृत्यु भएको छ । भारतको रक्षा मन्त्रालयले मङ्गलबार एक वक्तब्य जारी गरी सैन्य भिडन्तको पुष्टि गरेको हो । रक्षा मन्त्रालयले जारी गरेको वक्तब्यमा दुबैतर्फका उच्च सैन्य अधिकारीले तनाब कम गर्न बैठकमा बसेको उल्लेख गरेको छ ।

भारतीय सैनिक मुख्यालयले जारी गरेको वक्तव्यमा चिनियाँ पक्षतर्फ पनि केही क्षति पुगेको उल्लेख छ । यद्यपि चीनतर्फ कति सैनिकको मृत्यु र घाइते भए भन्ने बारेमा स्पष्ट जानकारी आइसकेको छैन ।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारीसहित ३ सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । उक्त भिडन्त हुनुअघि भारतीय र चिनियाँ सैन्य अधिकारीहरुबीच सीमा विवादलाई लिएर पन्ध्र दिनभित्र तीन चरणको वार्ता भइसकेको छ ।

1

Scroll to Top