Banijya News

वैवाहिक बलात्कार आरोप लागेका युवक ७ वर्षपछि जेल

1
1.1K Shares

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका-९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी जिल्ला अदालतबाट १ वर्ष कैद सजाय पाएका आरोपित शाह ७ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला अदालतले १२ माघ २०७० मा बहुविवाह मुद्दामा शाहलाई १ वर्ष कैद सजायको फैसला गरेको थियो ।
 
पक्राउ परेका अभियुक्तलाई कैद सजायका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आरोपित साहले बलानबिहुल गाउँपालिका-४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी शाहसँग २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
 
जेठी श्रीमतीले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ९ चैत २०६९ मा वैवाहिक बलात्कारको उजुरीसमेत दर्ता गरेकी थिइन् ।

वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेका आरोपित ४ वैशाख २०७० २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । सप्तरीका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ । रासस

1

Scroll to Top