सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई जान दिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को शुक्रबार बसेको बैठकले विदामा आएका नेपालीहरुसँगै नयाँ रोजगारीमा जान चाहनेहरुलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो ।
वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा तथा अध्ययनका लागि जानेहरुलाई शिक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको केन्द्रका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ । संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ ।


