गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १-१ जनामा गरी ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार राति गरिएको परीक्षणमा गण्डकीका ७ जिल्लाका थप ५८ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ४ सय ३८ पुगेको छ । 


