Banijya News

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमिण थपिए

1
1.0K Shares

गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको बाग्लुङमा ९, म्याग्दी ४, तनहुँमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङको जलकोट नगरपालिकामा ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ढोरपाटन नगरपालिकामा ४८ वर्षीय पुरुष कोरोना पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए । त्यसैगरी कोठेखोला नगरपालिका वर्ष २९, ३२, ४० का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकामा वर्ष ९ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै म्याग्दीको मंगला गाउँपालिकामा २० वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

तनहुँको ऋषिङ गाउँपालिकामा २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने पर्वतको कुश्मा नगरपालिकामा वर्ष २७ र ३२ का दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५०४ पुगेको छ ।  गण्डकी प्रदेशमा हालसम्म ५२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

1

Scroll to Top