Banijya News

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह

1
1.0K Shares

८ असार , काठमाडौं । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज केही ठाउँमा भारी वर्षाको सम्भावना भएको जनाएको छ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी गतिविधि देशभर नै सक्रिय भएकाले वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सोमबार बिहान काठमाडौँ उपत्यकाका धेरै स्थानमा मध्ययमदेखि भारी वर्षा भएकोले बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खु लगायतका खोलामा पानीको बहाव बढेको छ ।

1

Scroll to Top