Banijya News

रड प्रहार गरी छोराद्धारा बाबुको हत्या

1
1.1K Shares

आफ्नै ५५ वर्षीय बुबा चन्द्रबहादुर बिकलाई रड प्रहार गरी हत्या गरेको आरोपमा लिखु गाउँपालिका–६, कालीमाटी बस्ने २६ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण गत मंगलबार राति बिनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको बुबाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । मृत्युसँगै विनोदलाई प्रहरीले नियन्त्रामा लिएको हो । प्रहरीले बाँकी केशको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

1

Scroll to Top