टिपरले मोटरसाईकलाई ठक्कर दिने क्रममले बुधवार पनि निरन्तरता पाएको छ । काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ५० वर्षीय बेदप्रसाद कोइरालाले र ५५ वर्षीय गोबर्दन कोइराला रहेका छन् ।
बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक दुबै जनाको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।


