साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आजदेखि बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता १ सयका दरले कूल ६ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्री गर्देछ ।
बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेडका अनुसार आइतबारदेखि बिक्री हुने साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी ४ साउनसम्म बिक्री गरिनेछ ।
वित्तीय संस्थाको जारी पूँजी २१ करोड ७७ लाख ८० हजारको ३२.५० प्रतिशतले हुन आउनेसात करोड ७ लाख ८० हजार बराबरको १ सय अङ्कित दरका ७ लाख ७ हजार ८ सय कित्तामध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात् १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा सर्वसाधारणलाई छुट्याएको छ । सोमध्ये ५ प्रतिशत अर्थात् ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको यस सस्थालाई इक्रा नेपालले गरेको रेटिङमा शेयर औसतभन्दा तल आधार रहेको देखाएको छ ।


