२१ असार , काठमाडौं ।
बागलुङमा क्वारेन्टिनमा आज बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवकको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । २९ वर्षीय उनको क्वारेन्टाइनमै मृत्यु भएको थियो।
मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्याबाट पीडित युवक लकडाउनअघि भारतमा उपचारका लागि गएका थिए। उपचार सम्भव नभएर फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो।
नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ। उनका परिवारका सबैको पुनः पिसिआर परीक्षण गरिने बताइएको छ।


