असार २२,काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य सचिवको जिम्मा भक्तबहादुर ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयले सोमबार सहसचिव भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ लागू भएपछि तत्कालीन सदस्यसचिव रमेश कुमार सिलवाल पदमुक्त भएका थिए । ढकाललाई ऐनको दफा १७ को उपदफा १२ बमोजिम नयाँ सदस्य सचिव नियुक्त नहुने बेलासम्मका लागि नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । ढकालले नयाँ सदस्य सचिव नियुक्त नहुँदासम्म कार्यभार सम्हाल्ने छन् ।


