Banijya News

प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारमा सहभागी नहुने

1
1.1K Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफू सरकारमा सहभागी नहुने बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेकपाका नेताहरु विच बाक्लो भेट भएको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो वा त्यो परिस्थिति उत्पन्न भए पनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्दर्भमा उनले भने, काँग्रेस मन्त्रालय चलाउने मानसिकतामा छैन ।’

उनले भने अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ, जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।’
संसद अधिवेशन अन्त्य हुनुभन्दा एक दिनअगाडि सभापति देउवासँग भेटभए पनि त्यो विषयमा कुनै पूर्वसूचना प्रधानमन्त्रीले नदिएको उनले बताए । विधि र प्रचलित मान्यताअनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख राष्ट्रियसभाका अध्यक्षलाई हुनुपर्ने भए पनि त्यस्तो नभएको उनले बताए । उनले राष्ट्रपतिलाई संस्थाहरूको रुपमा नभएर व्यक्तिको रुपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको बताए ।

1

Scroll to Top