२३ असार, काठमाडौं । आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका एक २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पाइएको छ ।
गोरखा भिमसेन थापा गाउँपालिकाका घर भएका ती पुरुष उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएकोमा त्यही गएराति मृत्यु भएका उनको परीक्षणमा कोरोना पाइएको हो ।
पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले बताएको छ ।


