असार २४, काठमाडौं ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाईरसको कारण ४८२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या २० हजार ६४२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार ७५२ नयाँ संक्रमित फेला परेका छन् । यो संगै संक्रमितको संख्या ७ लाख ४२ हजार ४१७ पुगेको छ, भने निकोहुनेको संख्या ४ लाख ५६ हजार ८३१ जना रहेको छ ।


