Banijya News

सुनको मूल्यले बनायो नयाँ किर्तिमान, एकैदिन ९ सयले मूल्यबृद्धि

1
1.1K Shares

नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो । बुधबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ ।

बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

1

Scroll to Top