असार २८, काठमाडौं ।
बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।
तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको हो । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । यस अघि बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना संक्रमित देखिएको थियो । पछिल्लो रिपोर्ट अनुसार अमिताभ र अभिषेक दुवैलाई सामान्य लक्षण रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।





