प्रदेश – १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संशोधनसहित सर्वसम्मत पारित गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रदेशसभाले विधेयक पारित गरेसँगै प्रदेश(१ मा प्रदेश प्रहरी भर्नाको बाटो खुलेको छ ।
प्रदेश-१ मा ११ हजार प्रहरीसहितको प्रदेश प्रहरी गठन गर्ने व्यवस्था नयाँ प्रदेश प्रहरी विधेयकले गरेको छ । ९४ दफा रहेको विधेयकमा एक पटक समावेशीको सुविधा पाएका प्रहरी कर्मचारीले पुनः सो सुविधा नपाउने व्यवस्था गरिएको छ ।


