असार ३०, काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्र एकै दिन दुई वटा पुरस्कारबाट सम्मानित भएको छ । सरकारले केन्द्रलाई सोमबार डिल्लीरमण रेग्मी शान्ति पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको हो ।
केन्द्रले पहिलो डिल्लीरमण रेग्मी शान्ति पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र डिल्लीरमण कल्यानी रेग्मी स्मारक पुस्तकालय विकास समितिबाट प्राप्त गरेको हो ।
त्यस्तै राष्ट्रिय आविस्कार केन्द्रले दोस्रो पुष्पलाल राष्ट्रिय पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट प्राप्त गरेको हो । दुवै पुरस्कार एक एक लाख रुपैंया नगद सहित आविष्कार केन्द्रलाई प्रदान गरिएको हो ।


