३१ असार, काठमाडौं ।
नेपाली बजारमा बुधबार सुनको मुल्य बढेर तोलाको झण्डै एकलाख नजिक पुगेको छ । सुनको मूल्य बुधबार ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मुल्य हालसम्मकै उच्च हो ।
यस्तै, तेजावी सुन तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।


