Banijya News

सूर्य नेपालद्वारा प्रदेश ५ को कोभिड कोषमा एक करोड रुपैयाँ सहयोग

1
1.0K Shares

३१ असार, काठमाडौं । 

सूर्य नेपाल प्रालिले प्रदेश ५ को कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । बुुधबार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले एक कार्यक्रमकाबिच उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटरका लागि प्रयोग गर्न आग्रह गरे । उनले भने,–‘देशभर भेन्टिलेटर कम छन । यो रकम बिरामीको पहुुँचमा दीर्घकालीन रुपमा पुुग्ने गरी आइसियुु र भेन्टिलेटर खरिदमा प्रयोगमा आए राम्रो हुने थियो ।’

 मुुख्यमन्त्री पोखरेलले कोषको रकम सदुपयोग हुुने बताउँदै सूर्य नेपाल प्रालिलाई आफ्नो लगानी प्रदेश ५ मा पनि ल्याउन आग्रह गरे । 

कम्पनीले राष्ट्रले आवश्यकता महसुस गरेका बेलामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जानकारी दिएको छ ।

1

Scroll to Top