रुसमा कोरोना भाइरस सरकारको नियन्त्रणमा रहेको दाबी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरिरहेको समय कोरोना संक्रमण भने बढदो छ । रुसमा दिनहूँ हजारौँ जना संक्रमित थपिन थालेका हुन् । रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र ६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै रुसमा संक्रमितको संख्या ७ लाख ४६ हजार ३६९ जना संक्रमित पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । विभिन्न ८५ वटा सहरमा यी संक्रमित पाइएका बताइएको हो । कोरोना भाइरसका कारण ११ हजार ७७० जनाले ज्यान गुमाएका छन् । यहाँ पछिल्लो २४ घन्टामा मात्र १७५ जनाको मृत्यु भएको छ ।
योसँगै रुसमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको यहाँको सरकारले जानकारी दिएको छ । यहाँका पाँच लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् भने दुई लाखभन्दा बढी उपचाररत संक्रमित नै छन् । एएनआई


