अमेरिकी बायोटेक कम्पनी ‘मोडर्ना’ ले कोरोना भाइरसविरुद्ध बनाइरहेको खोप ४५ जनामा परीक्षण गर्दा रोग प्रतिरोधक क्षमतामा वृद्दी गरेको दावी गरिएको छ । ४५ जना स्वस्थ व्यक्तिमा गरिएको उक्त कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धानमा संलग्न अनुसन्धाताहरूले बताएका छन्।
‘द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा मंगलबार प्रकाशित रिपोर्टअनुसार कोरोना भाइरसविरूद्धको उक्त सम्भावित खोप सुरक्षित देखिएको छ। नेसनल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर मोडर्नाले यो खोप तयार पारेको हो ।
२७ जुलाईदेखि तेस्रो चरणको परीक्षण गरिँदै छ । त्यसको नतिजा पनि प्रभावकारी देखिए कोभिड–१९ रोकथामका लागि पहिलो खोप उपलब्ध हुने मोडर्नाले जनाएको छ । तेस्रो चरणको मानवीय परीक्षण क्रममा रहेको यो खोपलाई लिएर निर्माताहरू उत्साहित छन्। एजेन्सी


