Banijya News

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु

1
1.0K Shares

पहिरोमा पुरिएर सोमबार तनहुँको भानु नगरपालिकामा २ जनाको मृत्यु भएको छ । भानु नगरपालिका–९ सिमलगैराकी स्थानीय ८० वर्षीया तिलमाया धराली र उनकी १५ वर्षीया नातिनी त्रिप्साको मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बताए ।

घरमाथिबाट खसेको पहिरोमा पुरिएर ८० वर्षीया वृद्धाको घटनास्थलमै र १५ वर्षीया त्रिप्साको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

1

Scroll to Top