Banijya News

नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ मा झर्यो

1
1.1K Shares

बुधबार सेयर बजार नेप्से दोहोरो अंकको गिरावटसँगै बन्द भएको छ । मौद्धिक नीतिले बजारलाई सपोर्ट गर्ने देखिएपनि अन्तत बजार ओरालो लागेको हो । आम सर्बसाधारणले बजार माथि जाने अनुमान गरेपनि बजार माथि जान नसकेको हो ।


नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अंकले घटेर ३०३.१४ मा पुगेको छ ।


बुधवार कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर रु एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भएका छन् । कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर बढेको छ । होटल १३४.४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अंकले बढेको छ ।

बैंकिङ २१.५१, व्यापार ७.९४, विकास बैंक ३.८३, जलविद्युत् १३.०३, वित्त ७.१६, निर्जीवन बीमा ५.५४, उत्पादन २०.९५, अन्य १४.३४, लघुवित्त १५.१ र जीवन बीमा ७१.६ अङ्कले घटेको छ ।

1

Scroll to Top