श्रावण १३, काठमाडौं ।
एनआईसी एशिया बैंकले डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल एकाउन्ट ओपनिंग प्रणालीको सुरुवात गरेको छ । बैंकले ग्राहकहरुलाई थप सुविधा पु¥याउने उद्देश्यले बैंकको शाखामा पुगेर डिजिटल माध्यमबाट खाता खोल्न सकिने व्यवस्था गरेको हो ।
यस प्रणालीमार्फत खाता खोल्न आवश्यक पर्ने आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू भरेर सजिलै बचत खाता खोल्न सकिन्छ । यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफूले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्ने बैंकले जनाएको छ ।
त्यस्तै कम्प्युटरमा दक्षता नपुगेका ग्राहकहरुका लागि बैंकका कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने छ । बैकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेकोे छ ।


