काठमाडौँ उपत्यकामा पछिल्लोे २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


