Banijya News

सुन तोलाकै एक लाख तीन हजार पाँच सय पुगेर नयाँ रेकर्ड

1
1.0K Shares

शुक्रबार सुन तोलाकै एक लाख तीन हजार पाँच सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमै बढिरहेको सुनको मूल्य बढिरहेकोले नेपालमा पनि त्यसको असर देखिएको हो ।

विश्वभरी फैलिएको कोभिड–१० (कोरोना भाइरस)का कारणले विश्व अर्थतन्त्रलाई नै असर परिरहेको छ । जस्ले गर्दा सुनको मूल्य उकालो लागेको हो । सुन आज एकै दिन एक हजारले बढेर नयाँ रेकर्ड कायम गरेको हो । सुनसँगै चाँदीको मूल्य पनि बढीरहेको छ ।


बिहीबार १३ सय ४५ रुपैयाँले कारोबार भएको चाँदी शुत्रबार ६० रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ पुगेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

1

Scroll to Top