Banijya News

पोखराका ६२ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु

1
1.0K Shares

कास्कीको पोखरा महानगरपालिका-१९ का एक ६२ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पाललका निर्देशक डा. अर्जुन आचार्यले बताए । उनका अनुसार लामाचौरका स्थायी बासिन्दा उन डायबेटिजका बिरामी थिए ।
उनको साउन १८ गते कोरोना संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

1

Scroll to Top