काठमाडौं । अमेरिकी मिडिया जगतकै सबैभन्दा ठूलो कम्पनी मध्येको एक भियाकम इंकमा दशकौँ नेतृत्व गर्दै आएका मिडिया उद्योगपति समनर रेडस्टोनको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बुधवार निधन भएको हो । अमेरिकी ब्यापारी रेडस्टोनले आफ्नो परिवारलाई ड्राइभ इन मुभी श्रृंखलाबाट एक मिडिया संजाल निमार्ण गरेका थिए । उनी अमेरिकामा एक सफल ब्यापारी मानिन्छन् ।


