श्रावण ३२, काठमाडौं ।
काठमाडौं उपत्यकामा आइतबार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
यो सहित काठमाडौंमा १ हजार ५ सय ६७ जना, ललितपुरमा २ सय ६८ र भक्तपुरमा १ सय ३२ जना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ ।


