Banijya News

हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार

1
1.0K Shares

बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ।

बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन्।

विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताए।

पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

1

Scroll to Top