Banijya News

उपत्यकामा थप दुई कोरोना संक्रमितको मृत्यु

1
1.0K Shares

काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र काठमाडौको ह्याम्स अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।


भक्तपुरमा मृत्यु हुनेमा मिगौला रोगी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् । आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।


यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।

1

Scroll to Top