पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४५६ संक्रमित रहेको छ । उनका अनुसार हालसम्म संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।
आज १० हजार २२९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । आजसम्मा नेपालमा ६ लाख ५८ हजार ११० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ ।


