Banijya News

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध

1
1.0K Shares

काठमाडौं। बिहानै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण चितवन भरतपुर महानगरपालिका-२९ स्थित चौध किलो, सत्र किलो र घुमाउनेमा सडकमाथि पहिरो खस्दा बाटो अवरोध भएको हो । अवरुद्ध हुँदा सँयौ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।


बिहान ५ बजेर ४० मिनेटतिर खसेको पहिरोले सडकको दुवैतर्फ अवरोध गरेको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाउन बवश्यक पहल भइरहेको भन्दै दुईतर्फी सडक सञ्‍चालन हुन २-३ घण्टाभन्दा बढी समय लाग्‍नसक्‍ने भएको छ ।

1

Scroll to Top