कालिमाटी प्रहरी वृतको नियन्त्रणमा रहेका चोरी कसुरका चार जना व्यक्ति हिरासतबाटै फरार भएका छन् ।चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेर कालिमाटी प्रहरी वृतको नियन्त्रणमा राखिएका उनीहरू गएराति फरार भएका हुन् ।
फरार हुनेमा अनिल जैसवाल, आसु जैसवाल, सुजित गुप्ता र रवीन्द्र जैसवाल छन्। हत्कडीसहित उनीहरू भागेको पाइएको छ ।
फरार चारै जनाको खोजी भइरहेको छ ।


