महाराष्ट्रको भिवन्डीमा सोमबार भत्केको तीनतले भवनमा परि १० जनाको मृत्यु भएको छ । मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान उक्त भवन भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय बासिन्दाले २० जनाको जीवितै उद्धार गरेका थिए । अहिले पनि २० देखि २५ जना फसिरहेको हुन सक्ने राष्ट्रिय आपदा प्रतिक्रिया बल(एनडीआरएफ) ले जनाएको छ ।
उक्त भवन मुम्बईबाट ४० किलोमिटरको दूरीमा रहेकोे बताइएको छ ।


