Banijya News

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई २ लाख ५० हजारको चेक हस्तान्तरण

1
1.0K Shares

असोज ६, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ होपलाई २ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्वप्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमति कर्माचार्यलाई चेक हस्तान्त्तरण गरे । बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

बैंकले देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ ।

1

Scroll to Top