Banijya News

सस्तोमा खसीबोका तथा च्याङ्ग्रा बेच्दै खाद्यव्यवस्था तथा व्यापार कम्पनी

1
1.1K Shares

०७ असोज, काठमाण्डौ ।


अघिल्लो वर्षहरुमा जस्तै नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाहीर भन्दा सस्तो मूल्यमा खसी बोका बिक्री गर्ने भएको छ । यस वर्ष कम्पनीले दशैंमा बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा १५ देखि २० प्रतिशत सस्तोमा उपलब्ध गराउने भएको छ ।


यसको लागि खाद्यले करिब ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । कोरोनाले गर्दा खसी बोकाको मागमा कमी आउने भएर अघिल्लो वर्षभन्दा केही कम सँख्यामा ल्याउने कम्पनीको तयारीे छ ।


यस पटक खाद्यले खसीबोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसीबोका तथा च्याङ्ग्राका लागि कम्पनीले कूल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।


कम्पनीले विगत वर्षहरु जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु बिक्रि गर्न सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने बताएको छ ।

1

Scroll to Top