Banijya News

एक व्यक्तीमा ६ महिनामा ३ पटकसम्म कोरोना संक्रमण पुष्टी

1
1.0K Shares


०९ असोज, काठमाण्डौ ।

हाम्रै छिमेकी देश भारतमा एक व्यक्तीमा ६ महिनामा तीन पटकसम्म कोरोना संक्रमण भएको पाइएको छ। उनि केरलको त्रिशूलका ३८ वर्षीय पालाबेलिल साबियो जोसेफ रहेका छन् ।


पहिलो पटक मार्चमा उनमा संक्रमण देखिदा उनि ओमनको एक इभेन्ट म्यानेजमेन्ट कम्पनीमा सुपरभाइजरका रुपमा कार्यरत थिए। त्यसपछि मस्कटको एक अस्पतालमा दुई हप्ता बसेपछि उनी निको भए। कम्पनीको बिदा पछि उनी भारत फर्किए।
त्यसपछि फेरी उनी जुलाईमा कोरोना संक्रमित भए र उनलाई केरलको त्रिशूल मेलिकल कलेज भर्ना गरियो। यो पटक भने उनी सिकिस्त भएकाले झण्डै तीन साता अस्पतालमा बिताए ।त्यसपछि उनि २२ जुलाईमा घर फर्के ।
अर्काेपटक फेरी सेप्टेम्बरमा फेरि उनी बिरामी परेकाले कोरोना परीक्षण गराउँदा ५ सेप्टेम्बरमा रिपोर्ट पोजिटिभ आयो। यसपटक पनि उनी अस्पताल भर्ना भएर एक हप्ता लामो अस्पताल बसाँइपछी ११ सेप्टेम्बरमा डिस्चार्ज भएका छन् ।
यस किसिमका अन्य केस नदेखिएको र एउटा मात्रै केस देखिएकोले यसको अध्ययन भइरहेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।

1

Scroll to Top