दसैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण संकटमा परेको छ । लकडाउनमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।
कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न सहर गएका छन् । ‘विगत वर्षहरुमा यो समयमा सीमा नाकामा दसैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो,’ जिल्ला प्रहरी कार्यालका कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले भने, ‘मजदुरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन् ।’
ऋबिककष्अ त्भअज घण्ण्×घण्ण्भारतका विभिन्न सहरहरू सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाहरुबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए ।गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि सुरु भएको हो ।
त्यसैगरी लालाबालासहित भारतको पञ्जाब गइरहेका भीमदत्तनगरपालिका( ९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिरहेको बताए । ‘छोरा छोरीको पालनपोषणभन्दा ठूलो चाडपर्व होइन । ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान्,’ उनले भने ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवाहरुलाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ । तर भारत जाने क्रम भने रोकिएको छैन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले लकडाउनमा सात महिनादेखि बेरोजगार युवाहरु बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताए । विपन्न समुदायमा छाक टार्न समेत धौ धौ हुनेस्थित देखिन थालेको उनले बताए ।
बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको जनाउँदे उनले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि गर्न आग्रहसमेत गरे । ‘स्वास्थ्यसितको कुरो भएकाले पनि यस वर्ष दसैंमा चहलपहल गर्नु हुँदैन,’ अध्यक्ष मल्लले भने, ‘आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संवेदनशील हुने बेला हो ।’
गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमला गइरहेको बताए । ‘यो स्याउ टिप्ने मौसम हो । हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ,’ उनले भने । लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको बाध्यता सुनाए । (रासस)


