असोज २९, काठमाडौं ।
विश्वमा पछिल्लो २४ घण्टामा ६ हजार ६० जनाको मृत्यु भएको वर्ल्डोमिर्टर्सले जनाएको छ । यो संगै हालसम्म १० लाख ९६ हजार ३०० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै विश्वमा पछिल्लो २४ घण्टामा थप ३ लाख ७९ हजार १ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विश्वमा कुल संक्रमित संख्या ३ करोड ८७ लाख २७ हजार ९ सय ५३ पुगेको छ ।
त्यस्तै विश्वमा दुई करोड ९१ लाख १० हजार ९ सय ६८ जना संक्रमणमुक्त भएका छन् । अहिले विश्वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६ सय ८५ छन् ।


