गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार उत्त संक्रमित थपिएका हुन् । गण्डकीमा हालसम्म कोरोना सङ्क्रमणका कारण ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७ सय ८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।


