Banijya News

राजनीनिक दलहरु विचारशून्य अवस्थामा रहेको लोसपाको आरोप

1
1.3K Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले शुक्रबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै विभिन्न दलहरुलाई हेर्ने आफ्नो दृष्टिकोण बाहिर ल्याएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोकतन्त्र औपचारिकतामा सीमित भएको र समावेशिता पश्चगमनतिर लम्किएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयबाट लोसपाका शीर्ष नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा नेपालका प्रमुख राजनीनिक दलहरु विचारशून्य अवस्थामा पुगेको टिप्पणी गरिएको छ । लोसपाले नेपाली कांग्रेसलाई ‘नाम ठूलो, काम सानो’ गर्ने पार्टीको रुपमा चित्रण गरेको छ ।

लोसपाले आफ्नो घोषणापत्रमा अन्य पार्टीप्रति कटाक्ष समेत गरेको छ । तराईका जिल्लामा लोसपाको मुख्य प्रतिस्पर्धी दल जनता समाजवादी पार्टीमाथि उसले कडा टिप्पणी गरेको छ । उसले जसपालाई मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टीको रुपमा चित्रण गरेको छ । लोसपाले कांग्रेसलाई नाम ठूलो र काम सानो भएको टिप्पणी गरेको छ । कम्युनिस्ट पार्टीहरुले राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि आफ्नो औचित्य सावित गर्न नसकेको उसको टिप्पणी छ । यस्तै, सडकको छेउमा अनिवार्य वृक्षारोपण गर्ने देखि स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउन जनप्रतिनिधिले सम्पत्ती विवरण सार्वजनिक गर्ने सम्मका विषय घोषणा पत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष महन्थ ठाकुरले परिवर्तन र अधिकारका लागि गरिएको आन्दोलनप्रति राज्यले वैरभाव राखेको टिप्पणी गर्नुभयो । मधेश आन्दोलनका अगुवालाई नै राज्य झूटा मुद्दा लगाएको बताए । घोषणापत्रमा गुणस्तरीय खानेपानी, वडामा पर्याप्त बजेट छुट्याउने विषय समेटिएको छ ।
स्थानीय सरकारले आफ्ना कर्मचारी आफैँ भर्ना गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । यस्तै, सहज र छरितो सरकारी सेवा, नगर सरसफाइ गरिने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पर्याप्त चिकित्सक, बालबालिकालाई घरमै नियमित खोप उपलब्ध, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण र निशुल्क र व्यवहारिक शिक्षा, स्नातक तथा स्नातकोत्तरमा छात्रवृत्तिको व्यवस्था गरिने जनाइएको छ । यस्तै, नेपाल भौगोलिकरुपमा एक भए पनि भावनात्मक रुपमा एक हुन नसकेको बताएको छ ।

लोसपाले नेपालमा रहेको भौगोलिक र सांस्कृतिक विविधतालाई नेपालको सौन्दर्य र शक्ति दुवै भएको भन्दै यसलाई बुझ्ने नेतृत्व नपाउँदा भावनात्मक एकता हुन नसकेको उल्लेख गरेको छ ।

1

Scroll to Top