संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख चयनका लागि बुधबार उमेदवारी दर्ताको कार्यक्रम रहेको छ । जसअनुसार सभामुखका आकांक्षीहरुले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ ।
दिउँसो सवा ४ बजे दर्ता उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने नदिने विषयमा केही बताएको छैन् । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।

