Banijya News

चांगन अटोले ल्यायो चांगन एक्स्चेन्ज कार्निवल अफर

1
1.3K Shares

चांगन अटो नेपालले फागु पूर्णिमा तथा होलीलाई लक्षित गरी ग्रान्ड एक्स्चेन्ज कार्निवल अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनीको सवारीसाधनको उचित मूल्यांकन पाउनेछन् ।

साथै चांगनको प्रिमियम सेडान एल्सभिन र यसै चांगनको प्रिमियम पिक–अप हन्टरसँग साट्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुलाई अफरअन्तर्गत २.५ लाखसम्मको नगद छुट, २ लाखसम्मको एक्स्चेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बीमाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएको छ। कम्पनीले विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि आफ्नो गाडीको उचित मूल्यांकन गर्न सक्नेछन् ।

 

1

Scroll to Top