Banijya News

निशानको अटोमेटिक म्यानुअल ट्रान्समिसन बजारमा आउँदै

1
1.2K Shares

नेपालमा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ । नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी निशान म्याग्नाइट अब अटोमेटेड म्यानुअल ट्रान्समिसन (एएमटी) सहित उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार, निशान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई–म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल (नियन्त्रण) र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्छ । निशान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछ । जुन: XL MID, XV UPPER, XV UPPER (DUAL), XV PREMIUM, र XV PREMIUM (DUAL) रहेको छ । निशान म्याग्नाइट एएमटी चाँडै नै देशव्यापी रूपमा उपलब्ध हुने तयारीमा छ भने म्याग्नाइट एएमटीको लन्च एही नाडा अटो शोमा हुने बताइएको छ । पायोनियर मोटो कर्पका ग्राहकहरूले नजिकको निशान शोरुममा सम्पर्क गरी नयाँ एएमटी भेरियन्टमा ड्राइभिङ अनुभव प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

1

Scroll to Top