Banijya News

गाडी हेर्ने भए नाडा अटो शो, किन्ने भए ८० प्रतिशतसम्म कर्जा कृषि विकास बैंकमा

1
1.2K Shares

 

के गाडी किन्ने सोचमा हुनुहुन्छ ? यदी यस्तो हो भने भृकुटीमण्डपमा नाडा अटो शो संचालन भैरहेको छ । सोही कार्यक्रमलाई लक्ष्ति गरेर कृषि विकास बैंकले नयाँ अटो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘गाडी हेर्ने भए नाडा अटो शोमा, किन्ने भए कृषि विकास बैंकमा’ योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत बैंकले अधिकतम सात वर्ष अवधिको अटो कर्जा प्रवह गर्ने भएको छ । गत मंगलबारदेखि काठमाडौंमा सुरू भएको ‘नाडा अटो शो २०२३’ लाई लक्षित गरी बैंकले यो योजना अघि सारेको हो ।

बैंकका अनुसार व्यक्तिगत अटो कर्जामा ५० प्रतिशत र संस्थागत तर्फ ६५ प्रतिशतसम्म कर्जा दिने भएको छ । यद्यपि, बैंकले विद्युतीय गाडीमा भने ८० प्रतिशत फाइनान्सिङको व्यवस्था रहेको जनाएको छ । विद्युतीय सवारी खरिदमा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ ।

सरल प्रक्रिया, कागजात प्राप्त भएको न्यूनतम एक हप्तामै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले रोजेका अर्थात् किन्न चाहेको गाडी सहज रुपमा खरिद गर्न सक्नेछन् ।

 

1

Scroll to Top