असोज महिना सुरु भएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनलाई तिव्रता दिएको छ। चाडवाड लक्षित भन्दै देशभर बजार अनुगमनमा विभागको टोलीहरू खटिएका छन्।
आज आर्थात् बिहीबारमात्रै बजार अनुगमनमा ६ लाख ५ हजार जरिवाना भएको विभागले जनाकारी गराएको छ। विभागका अनुसार खाद्य वस्तुका गोदाम तथा पसहरुबाट २ लाख ९५ हजार रुपैयाँ जरिवाना भएको छ।
त्यसैगरी भाँडाकुँडा पसलबाट १० हजार, पेट्रोलियम पदार्थ बिक्री वितरणका स्थानबाट ५० हजार, तरकारी फलफुल पसलबाट ५० हजार, किराना पसलबाट २ लाख जरिवना भाएको विभागले जनाएको छ।
विभागले जारी गरेको विज्ञप्ती अनुसार कारवाहीमा पर्नेहरुको कैफियतहरू धेरै प्रकारका रहेका छन्।
त्यसमा दर्ता नभएको, बढी मूल्य लिएको, गुणस्तर नभएका जस्ता रहेका छन्। त्यसैगरी विभागले आज २० हजार ९ सय १६ रुपैयाँ बराबरका वस्तु नष्ट गरेको छ।


