Banijya News

अर्थतन्त्रमा क्रमशः सुधार आइरको छ : चन्द्र ढकाल

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटक आगमन बढ्दै गएको, बैंकहरु लगानी गर्न इच्छुक भएकाले अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताएका छन् ।
देशको अर्थतन्त्रमा चौतर्फि समस्य देखिएको चर्चा भईरहेको समय बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य सङ्घको ७०औँ वार्षिक साधारणसभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले देशमा लगानीको वातावरणका बनाउन लागि उद्योगी, व्यवसायी र आम नागरिकको आत्मविश्वास बढाउनुपर्ने बताएका छन् ।
युवा जमात विदेश पलायन भएपनि उद्यमीहरुका लागि नेपालका हरेक क्षेत्रमा संभावना रहेका बताए । ’काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश गइरहनु पर्दैन’, उनले भने ।

अध्यक्ष ढकालले उद्योगीहरुले भोग्नु परेका समस्या समाधानबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीन वटै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रका समस्या समाधान गर्न सकिने भन्दै आशावादी हुन आह्वान गरे। नेपाल उद्योग वाणिज्य महासङ्घकी एशोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले युवा शक्ति विदेश पलायन हुँदा देशमा श्रमिक अभाव बढेको बताइन्।

महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बैङ्कको ऋण तिर्न उद्योगी–व्यवसायीलाई कठिनाइ भएको बताउँदै सहुलियतका लागि आग्रह गरे। महासङ्घका पूर्वउपाध्यक्ष किशोर प्रधानले जनप्रतिनिधि र सरकारका विभिन्न निकायका गलत निर्णयका कारण निजी क्षेत्र सङ्कटमा परेको आरोप लगाए ।

1

Scroll to Top