Banijya News

इजरायल पुग्यो नेपालीलाई लिन गएको विमान 

1
1.0K Shares

इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ ।

काठमाडौँबाट बिहीवार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको हो ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिवार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो ।

विमानमा परराष्ट्रमन्त्री एनपी सावद पनि छन् । दुई सय ५० सिट क्षमताको सो विमान आजै राति ९ बजे फर्किने जनाइएको छ ।

1

Scroll to Top